You are viewing the translated version of सङ्घीय सञ्चित कोषबाट निकासा र हस्तान्तरण.

Rule 5
सङ्घीय सञ्चित कोषबाट निकासा र हस्तान्तरण
(१) सङ्घीय विनियोजन ऐन वा सङ्घीय पेश्की खर्च ऐन प्रारम्भ भएपछि स्वीकृत बजेट विवरणको अधीनमा रही महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम एकल खाता कोष प्रणालीमार्फत सम्बन्धित कार्यालयको भुक्तानी आदेशको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले सङ्घीय सञ्चित कोषबाट भुक्तानी निकासा दिनेछ।
(२) सङ्घीय विनियोजन ऐन बमोजिम अन्तर-सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने अनुदान रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत हस्तान्तरण हुनेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (२) बमोजिम नेपाल सरकारबाट प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्दा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानी आदेश तयार तथा स्वीकृत गरी हस्तान्तरण गर्नेछ।